scheduleमगलवारबैशाख ७ गते, २०७८

रौनियारले राप्रपा छाडे, जसपा प्रवेशको तयारी

रुपन्देही, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश समितिका प्रवक्ता रविकुमार रौनियारले पार्टी परित्याग गरेका छन् ।

शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै रौनियारलेे पार्टीबाट अलग भएको बताएका हुन् । २०६६ सालदेखि राप्रपामा रहेर काम गर्दै आएपनि युवालाई पार्टीले उपयोग मात्रै गरेको उनको आरोप छ ।

परोपकारी संस्था मायादेवी च्यारिटेबल फाउण्डेसनका सञ्चालक समेत रहेका रौनियार भैरहवामा २५ रुपैयाँमा शाकाहारी खाना खुवाउने अभियान्ता पनि हुन् ।

उनी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay