scheduleआइतवारफाल्गुन २३ गते, २०७७

दीलिपलाई यसरी दिइन् बिन्दियाले धोका (भिडियो)

काठमाडौं, १२ पुस । अभिनेता दीलिप रायमाझी अभिनीत ‘लाख बिन्ति’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । फिल्म निर्देशक राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दीलीपका साथमा बिन्दिया शाही, निक शर्मा, सपनकुमार थापाले अभिनय गरेका छन् ।

रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको संगीत रहेको गीतको भिडियो युट्युब च्यानल मान्शा मान्शभी क्रियशनमा अप्लोड गरिएको हो ।

नेपाली गीतसंगीत तथा चलचित्र निर्माणको क्षेत्रमा अघि बढ्ने उद्देश्यले स्थापना गरिएको मान्शा मान्शभी क्रियशनबाट आगामी दिनमा धेरैभन्दा धेरै गुणस्तरिय गीत, भिडियो तथा चलचित्र उत्पादन गरिने बताइएको छ । लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारी निर्माता रहेको भिडियो चितवन र पोखराका विभिन्न स्थानमा खिचिएको हो ।

रबिन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन र आशुतोष अधिकारीको प्राबिधिक निर्देशन रहेको भिडियोको मुख्य साहायक निर्देशक दीपक अधिकारी छन् । गीतको भावअनुसार भिडियोमा दाम्पत्य जीवनमा हुने असमझदारी र उताव–चढावलाई प्रस्तुत गरिएको छ । गीत तथा भिडियोले आम मानिसको मन छुने विश्वास निर्देशक अधिकारीको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay