scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: बामफोर्डको एकमात्र गोलले बर्नलीमाथि लिड्सको जीत

काठमाडौं, १२ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका भएको खेलमा लिड्स युनाइटेडले जीत हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिड्सले बर्नलीलाई १-० को झिनो अन्तरले हराएको हो ।

लिड्सको जीतमा प्याट्रिक बामफोर्डले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको पाँचौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

बर्नलीका गोलरक्षक निक पोपले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पाएको पेनाल्टीलाई बामफोेर्डले गोलमा परिणत गरेका हुन् । यसका बाबजुद निक पोपले अन्य धेरै प्रहारहरु भने विफल पारेका थिए ।

खेलमा त्यसपछि दुवै टोलीबाट गोल निस्कन सकेन र नतिजा लिड्सकै पक्षमा रह्यो । यस जीतसँगै लिड्स १५ खेलबाट २० अंक जोड्दै अंकतालिकाको ११औं स्थानमा उक्लिएको छ भने पराजित बर्नली १३ अंकसहित १६औं स्थानमा यथावत छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय