scheduleसोमवारफाल्गुन २४ गते, २०७७

संसद विघटनविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्दै कांग्रेस

फाइल फोटो

 

काठमाडौं, १३ पुस । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । गत बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार काँग्रेसले आज काठमाडौंसहित देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो ।

विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुनेछन् ।

आजको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने काँग्रेसले जनाएको छ । जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी प्रदर्शनको तयारी गरेको छ ।

संस्थापन इतरका नेताहरु भने संसद विघटन असैंवधनिक कदम भएकाले पुनर्स्थापनाको मागसहित पार्टी सडकमा जान जोड दिइरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay