scheduleमगलवारफाल्गुन २५ गते, २०७७

कविताः प्रतिगमनको यात्रा

पूर्णजीत पुन

झुपडीमा बाँडिएका स्वर्णिम सपनाहरु पूरा नहुँदै,
रक्तमुछेल हतियार बुझाएकै दिन
प्रतिगमनको भुमि तयार भएकोहो सोल्टी !
किसान र मजदुरसामु सुनाइएका भिष्मबाचाहरु पूरा नहुँदै,
भर्भराउँदो जनसत्ताको हत्या गरेकै दिन प्रतिगमनको बिउ छरिएको हो सोल्टी !
सोल्टी, खासमा
सहिदका बाबा र आमासामु खाइएका दरिला कसमहरु पूरा नहुँदै,
रक्तिम योद्धाहरुको आत्मसमर्पण गराएकै दिन प्रतिगमन अंकुराएको हो !
न्यायप्रेमी जन-जनहरुमा उदघोष गरिएको सुन्दर आश्वासन पूरा नहुदै,
सिंहदरबार ताकेकै दिन प्रतिगमन उम्रीएको हो !
पहिलो संबिधानसभा तुहिएको समय प्रतिगमन हतार-हतार हुर्कियो !
दोस्रो संबिधानसभा रचेकै समय प्रतिगमन फरर फैलियो !
कथित संबिधान घोषणाको समय प्रतिगमन दम्भकासाथ दह्रीयो !
जब जनता ढाटेर डबल नेकपा दुई तिहाइ बनेर संसद छिर्यो,
त्यहीँ समय प्रतिगमन उखर्माउलो ढंगले स्थापित बन्यो !
जब सिमापारीका डिजाइनमा ओलीले संसद भंग गरे,
हे हुस्सुराम सोल्टी राजा, बल्ल थाहा पायौ प्रतिगमन भएको !
अब तिम्रा नाटक र रोइलोले प्रतिगमन फर्किएला त ?
किनकी प्रतिगमनले दुर यात्रा तय गरिसकेको छ,
झन जब्बर र बिकराल हुदैछ प्रतिगमन,
त्यसैले सोल्टी ! सक्छौ भने, हिम्मत गरेर देखाउ,
पहिलो संविधानसभा फर्काउ !
हाम्रो जनसरकार फर्काउ !
हाम्रो लालसेना फर्काउ !
त्यसपछि बल्ल प्रतिगमन ठाडो पुच्छर लाएर भाग्नेछ
अन्यथा तिम्रो रुवाबासी बाहेक, प्रतिगमन हाँसिरहनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay