अनिष्काले उचालिन् मिस युनिभर्स नेपालको उपाधि
काठमाडौं, १६ पुस । मिस युनिभर्स नेपाल २०२० को उपाधि अनिष्का शर्माले जितेकी छिन् ।
राजधानीमा बुधबार आयोजित फाइनलमा अष्ट्रेलिया निवासी २४ वर्षीया शर्माले जितेकी हुन् । उनले स्पर्धामा सहभागी १७ प्रतिष्पर्धिलाई पछि पार्दै उपाधि उचालेकी हुन् ।
उनलाई पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले ताज लगाइदिइन् । जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउने आयोजकले जनाएको छ ।
शर्माले मिस फियर्सको सब–टाइटल पनि जितिन् । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि जित्न सफल भइन् ।
नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि उचाल्दा न्यान्सी खड्का फोर्थ रनरअपमा सीमित भइन् ।