scheduleआइतवारफाल्गुन २३ गते, २०७७

मिसेस तामाङ २०२० बन्न सफल भईन आकृति तामाङ

काठमाडौँ, १६ पुस । एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ २०२० को ताज पहिरहन आकृति तामाङ सफल भएकी छिन । उनले ताजसँगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी थिइन् ।

त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका थिए।

प्रमुख अतिथि बागमती प्रदेशको उपसभामुख माननीय राधिका तामाङको आतिथ्यतामा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा बिशेष अतिथिहरु पूर्वमन्त्रि पर्शुराम तामाङ र धनबहादुर घले रहेका थिए। बिगत ३ वर्षदेखि एस.के. इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकहरु केशब थापा, शान्ति वाईबा तामाङ,रोशन तामाङ, बिरेन्द्र वाईबा तामाङ र प्रमुख निर्णायकमा माननीय प्रभात तामाङ रहेका थिए ।

प्रतियोगिताका बिजेताहरुले नगद रुपैयाँ क्रमशः ५०, २५, १५ र १० हजारसहित विभिन्न उपहार समेत पाएका थिए। तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित गृहिणी/व्यवसायिक तामाङ महिला दिदीबहिनीमार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ -२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay