scheduleसोमवारफाल्गुन २४ गते, २०७७

कोरोना सङ्क्रमितलाई हेलिकप्टरबाट उद्दार

डोल्पा, १७ पुस । हिमाली जिल्ला डोल्पाबाट दुई जना कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय शिक्षकको कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

दुवैजना सङ्क्रमितको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्दार गरी काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।

केही दिनअघि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य भएपनि बिहीबारदेखि दुवैजनाको अवस्था थप जटिल बनेको प्रजिअ ढकालको भनाइ छ ।

जिल्लामा निषेधाज्ञा गर्ने, विद्यालय बन्द गर्नेलगायत विषयमा छलफल भइरहेको प्रशासनको भनाइ छ । उद्दारका लागि दुवैजनाले आफ्नो खर्चमा हेलिकप्टर चार्टर गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay