scheduleबुधवारमाघ १४ गते, २०७७

सन् २०२१ मा मोबाइलमा थपिनेछन् यस्ता रोमाञ्चक उपलब्धिहरू

विशाल मिश्र

नयाँ वर्ष २०२१ मोबाइल र प्रविधि क्षेत्रमा धेरै रोमाञ्चक चिज लिएर आउँदैछ । मैले त्यसका ४ प्रकारका प्रवृत्ति हुने देख्दैछु– हार्डवेयर, सोफ्टवेयर, एप्लिकेशन र समाजिक प्रभावसँग सम्बन्धित प्रवृत्ति ।

हार्डवेयरः केही वर्ष यता मोबाइल फोन हार्डवेयर क्षमता चरम सीमामा पुगेको छ । प्रत्येक वर्ष फोन निर्माता कम्पनीहरूले नयाँनयाँ जारी गर्दछन्, जसमा क्यामराको गुणस्तर वा ब्याट्रीको जीवन पहिलेकाको भन्दा राम्रो हुने गरेको छ । हार्डवेयरका अन्य भागहरू पनि अझ अपग्रेड हुने गरेका छन् ।

यो वर्ष पनि मोबाइल प्रविधि र हार्डवेयरमा केही अपग्रेड हुनेछ । त्यसले मोबाइललाई ‘५ जी क्यापेबल’ बनाउने छ । यो वर्ष फोल्डेबल र स्ट्रेचवल स्क्रिनबाला मोबाइल आउने सम्भावना छ । एलीजस्ता प्रमुख कोरियाली कम्पनीहरू यसमा काम गरिरहेका छन् । यस्ता मोबाइलमा आवश्यकताअनुरुप सानो ठुलो पार्न सकिने सुविधा हुनेछ । स्क्रिनलाई लामो बनाएर हेर्न सकिन्छ र सानो पारेर गोजीमा राख्न सकिन्छ ।

सफ्टवेयरः मोबाइल फोन प्रविधिमा सबैभन्दा ठूलो परिवर्तन १४ वर्ष अघि आइफोनले ल्याएको थियो । यसले युजर इन्टरफेस बद्लिदिएको थियो । आज त्यो प्रविधि सबै मोबाइल फोनमा प्रयोग भइरहेको छ । यो वर्ष भ्वाइस इन्टरफेसमा ठूलो बदलाव आउने सम्भावना छ ।

सीरी, गुगोल, असिस्टेन्ट वा एलेक्जाजस्ता चिजहरू विस्तारै लोकप्रिय भइरहेका छन् । यो वर्ष थप जीपीटी–३ जस्तो भाषिक मोडेल पेश हुन सक्दछ । मोबाइल प्रविधिमा यो निक्कै ठूलो परिवर्तन हुने छ कि मोबाइलले हामीले वोलेको भरमा आदेश पालना गर्नेछ । जीपीटी–३ ल्याङ्गेज मोडेलपछि फोन, कम्प्युटरको प्रयोग र उत्पादकत्व वृद्धि झनै सहज हुनेछ ।

एप्लिकेसनः सामाजिक मिडियाले प्लेटफर्मले निरन्तर लोकप्रियता हासिल गर्दैछ । सन् २०२० मा टिकटकको स्थानमा आएको जोशजस्तो एप्लिकेसनले गर्दा युजर्सहरूले धेरै कन्टेन्ट निर्माण गरेका थिए । सन् २०१२ मा यो काम अझ तीव्र हुनेछ । सामाजिक मिडियाले मानिसलाई आफूलाई अभिव्यक्त गर्ने र अरुसँग जोडिने अवसर दिएको छ ।

यसको खराब पाटो पनि छ । यो आज एक खराब आदत जस्तो बन्दै गइरहेको छ । सन् २०२१ मा सामाजिक मिडियाको अति प्रयोगमा नियन्त्रण र यसको कुलत छुटाउने एप्लिकेशन विकास हुन सक्दछन् । स्क्रिन एडिक्सनको शिकार भएका बालबालिक र टिनएजर्सहरूलाई यसबारे जागरुक गर्ने प्रयास हुनेछ । एप्स निर्माताहरूले यस दिशामा ध्यान दिने छन् भन्ने आशा गर्न सकिन्छ ।

सामाजिक प्रवृत्तिः मोबाइल र सामाजिक मिडियामा आज सबैभन्दा ठूलो समस्या फेक न्युज बनेको छ । पहिलेपहिले अफवाह फैलाउन धेरै समय लाग्दथ्यो । आज सामाजिक मिडियामार्फत् जंगलको आगोजस्तो अफवाह फैलाउन सकिन्छ । एक मिनेटमै कुनै स्टोरी विश्वको कुनाकुनामा पुग्न सक्दछ ।

सही र फेक न्युजको भिन्नता छुट्याउँन नसक्नु ठूलो जोखिमको कुरा बन्दैछ । सन् २०२१ मा फेक न्युज कन्टेन्टबारे प्रविधि विकास र नीति निर्धारणमा जोड दिनु पर्ने हुन सक्दछ । मोबाइल फोनमा कन्टेन्ट ट्रेसिङ क्षमता विकास गर्ने प्रयास हुन सक्ने छ ।

दैनिक भाष्करबाट

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay