के गरिबी कसैको लागि मजाक हुन सक्छ ? चार्ली च्याप्लिनको रोचक प्रसंग
विश्वका चर्चित हास्यअभिनेता चार्ली च्याप्लिनको बाल्यकाल असाध्यै दुःखद थियो । उनकी आमा मानसिक रोगका कारण अस्पतालमा थिइन् । च्याप्लिनले बाबुको माया पाउन सकेनन् ।
एउटा बालक जसले आफू मात्र होइन, आफ्नो भाइको पनि हेरचाह गर्नुपर्ने थियो । त्यसका लागि उनले सानैदेखि हाँस्य सो देखाउन थाले । १९ वर्षको उमेरमा त उनले फ्रेड कम्पनीसँग काम गर्ने अवसर पाए । त्यसपछि उनी पछाडि फर्कनुपरेन ।
उनले चलचित्र कम्पनी खोलेर पनि काम गरे । उनका धेरै सफल चलचित्र छन् । सन् १८८९ मा जन्मेका च्याप्लिन १९४० मा विश्वका धनी कलाकारका रूपमा गनिन थाले । सन् १९७७ मा मृत्यु हुँदा उनको आर्थिक स्थिति मजबुत थियो ।
उनको बाल्यकालको एक मार्मिक प्रसंग छ । समाजले कसरी कसैको गरिबीलाई मजाक गर्छ भन्ने मार्मिक प्रसंग यहाँ उल्लेख गरिएको छ ।
उनको आमा एकपटक स्टेजमा गाउँदै थिइन् । अचानक उनको स्वर भासियो र अगाडि गाउन सकिनन् । असन्तुष्ट दर्शकले मञ्चमा जुत्ता र चप्पल बर्साउन थाले । त्यसैबेला लगभग ५ वर्षका चार्ली मञ्चमा गए, र आमाले गाउँने गीत तोते बोलीमा गाउन थाले ।
उनको गीत सुनेर दर्शकले रमाइलो माने र स्टेजमा पैसा फ्याँक्न थाले । त्यहीबाट उनले कमाउन सुरु गरे । त्यो घटनाबारे जीवनको उत्तरार्धमा चार्ली भन्छन्,‘वास्तविक जीवनमा जुन गरिबी मेरो दुःखको कारण थियो, त्यही गरिबी अरुका लागि कमेडी हुँदोरहेछ ।’
च्याप्लिनका विश्व प्रसिद्धका केही भनाईहरु जसबाट जीवनलाई नजिकबाट बुझ्न सकिन्छ-
ऐना मेरो सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छु तब ऊ कहिल्यै पनि हाँस्दैन ।
यो दुनियाँमा कुनैपनि चिज स्थायी छैनन्, हाम्रो दुःख पनि स्थायी होइन ।
म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।
नहाँसिकन बिताएको दिन बर्बाद गरेको दिन हो ।
यदि तपाईं मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ कि जीवन अझैपनि मूल्यवान छ ।
मेरो दुःख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यै पनि कसैको दुखको कारक नबनोस् ।
केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन ।
मलाई लाग्छ सही समयमा गलत काम गर्नु जीवनका कैयौँ विडम्बना मध्ये एक हो ।
आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ ।
यदि तपाईले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन ।
मलाई लाग्छ सही समय मा गलत काम गर्नु भनेको जीवन को कयौं बिडम्बनाहरु मा एक हो ।
जिन्दगी नजिक ट नियाल्दा एक त्रासदी हो तर टाढाबाट हेर्दा एक कमेडी हो ।