रोकियो कालीगण्डकी करिडोर प्रसारण लाइनको काम
पर्वत, २० पुस । कालीगण्डकी करिडोर विद्युत प्रसारण लाईनको दुई वटा सवस्टेशन र विद्युत प्रसारण लाईन निर्माणको काम सकिएको छ ।
२२०/१३२ केभि क्षमताको यो आयोजनाको सबै काम सकेर आन्तरिक परिक्षणको चरणमा पुगेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए। उनले सम्झौता अवधि भन्दा दुई वर्ष ढिला गरि सम्पन्न भएको बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दाना देखि पर्वतको कुश्मा नगरपालिका २ खुर्कोट सम्म जोडिने यो प्रसारण लाईनको दोस्रो खण्ड पर्वतको खुर्कोट हुँदै बुटवल सम्म जोडिने छ ।
दाना–खुर्कोट सवस्टेसनको दुरी ३९ किलोमिटर र खुर्कोट–बुटलवको दुरी ८८ किलोमिटर छ । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा १ सय १० टावर बनाएर तार तान्ने काम सकिएको घोषले जानकारी दिए । सबै प्राविधिक काम सकिएपनि सबस्टेशन चार्ज र परीक्षणको तयारीका लागि कार्यतालिका बनाईरहेको आयोजना निर्माण पक्षले जनाएको छ ।