scheduleबुधवारबैशाख ८ गते, २०७८

‘लुम्बिनी सरकार परिवर्तनको खतरा छैन’

रुपन्देही, २० पुस । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकार परिवर्तनको खतराबाट बाहिर रहेको बताउनुभएको छ ।

रिपोर्टर क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अन्य प्रदेशको सरकारमा अविश्वासको प्रस्ताव दर्ता भए पनि लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका हुन् ।

विभिन्न मिडियामा हल्ला चले जस्तो लुम्बिनी प्रदेशमा त्यस्तो केही नभएको बताउँदै मुख्यमन्त्रीको विपक्षमा रहेर कुनै पनि नेता, सांसदहरु अविश्वासको प्रस्ताव लिएर नआएको जानकारी दिए ।

प्रवक्ता रहेका चौधरीले संसारमा कहि नभएको, आफ्नै पार्टी भित्र फौजदारी अभियोग जस्तो संगिन आरोपपत्र लगाएर प्रचण्डले पार्टीका प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पारेकाले देशलाई संकटबाट वचाउन तत्काल ताजा जनादेशमा जानुको विकल्प नभएको बताए ।

यस्तै, नेपाली कांग्रेस लुम्विनी प्रदेशकी सचेतक निर्मला क्षेत्रीले संसद् विघटन कार्य असंवैधानिक र अलोतान्त्रिक भएको टिप्पणी गरिन् । क्षेत्रीले संसद् विघटन भएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता भएको र सो रिट विचाराधिन अवस्थामा रहेकाले अदालतले उचित न्यायपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमा जनता समाजवादी पार्टी जसपाका नेता सहर्षराम यादवले संसद् पुनःस्थापना हुनुपर्ने माग गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay