टुँडिखेलमा हात देखाउँदा ज्योतिषिले चुनाव लड्नु भने …
काठमाडौं, २३ पुस । हास्यकलाकार हरिवंश आचार्यले राजनीतिकर्मीलाई व्यङ्ग्य गर्दै सडकमा रिक्सा चलाउन थालेका छन् । बुधबार सार्वजनिक भएको एक भिडियोमा उनी रिस्सा चालकका रुपमा देखिएका हुन् ।
रिक्सामा सामान ओसार्दै गरेका उनी चुनाव लडेर धनी बन्ने सपना साँचिरहेका देखिन्छन् । आचार्यको आफ्नै गायन तथा लेखन रहेको म्युजिक भिडियोमा एक मजदुरको भेषमा नेता बन्ने सपनामा देखिएका छन् । ‘एउटा कुरा छ’ बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरेका छन् ।
गीतमा उनकै संगीत रहेको छ । बहुप्रतिभाशाली आचार्यको गीतको दृश्य सत्यदीप केसीले खिचेको भिडियोलाई सागरराज शर्माले निर्देशन गरेका छन् । गीतको संगीत संयोजन र मिक्सिङ किरण तुलाधरले गरेका छन् भिडियो महसंचारबाट युट्युबमा सार्वजिनक भएको हो ।