scheduleशनिवारफाल्गुन २२ गते, २०७७

दश महिनापछि कुस्तीको प्रशिक्षण शुरु हुँदै

फाइल फोटो

काठमाडाैं, २४ पुस । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो ।

महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण शुरु गर्न लागिएको नेपाल कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिए । ‘कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला शुरु हुन लागेको हो’, उनले भने ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले बताए। कुस्तीमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक सङ्गीता धामीले जितेकी हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay