scheduleमगलवारबैशाख ७ गते, २०७८

‘अब विष्णु पौडेलले बुटवलमा चुनाव जित्न सक्दैनन्’

बुटवल, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका युवा नेता राजु गुरुङले अब बुटवलबाट पार्टी महासचिव विष्णु पौडेलले चुनाव जित्न नसक्ने ठोकुवा गरेका छन् ।

दाहाल–नेपाल पक्षको युवा–विद्यार्थी भेलालाई पार्टी प्रदेश कार्यालयमा सम्बोधन गर्दै युवा संघका पुर्व केन्द्रीय उपाध्यक्ष गुरुङले विगतमा आफूहरुको सहयोगमा पौडेलले चुनाव जितेको भएपनि अब उनलाई हराएर आफूहरुले नै चुनाव जित्ने दावी गरे ।

‘२०४७ साल यताका चुनावमा आफूले साथ दिंदा मात्रै विष्णु पौडेलले चुनाव जितेका छन्,’ गुरुङले भने, ‘प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक र प्रतिगामी कदमका पक्षमा लागेका र प्रदेशको स्थायी राजधानी बुटवल बनाउने मुख्य एजेण्डामा चुकेकाले अब उनले चुनाव जित्न सक्दैनन् ।’

प्रदेशको स्थायी राजधानी बुटवल बनाउने मुख्य एजेण्डा बनाएर चुनाव लडेपनि पौडेलले त्यसलाई कार्यान्वयन गर्न नसकेकाले उनीसंग अब चुनाव जित्ने एजेण्डा नै नभएको युवा नेता गुरुङले बताए । प्रधानमन्त्री ओलीले बैसाखमा घोषणा गरेको चुनाव नक्कली कुरा र नाटक मात्र भएको गुरुङको तर्क छ ।

सर्वोच्च अदालत दमकल बनोस्
दुई वर्ष अवधि हुंदाहुंदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधान, पार्टी र देशमाथि आगो लगाएको टिप्पणी गर्दै नेता गुरुङले सर्वोच्च अदालत दमकल बनेर आगो निभाउनुपर्ने आग्रह गरे । ‘सर्वोच्च दमकल बन्नुको साटो उल्टो पेट्रोल छर्किने काम गर्‍यो भने आफैं खरानी हुन्छ’, गुरुङले चेतावनी दिंदै भने, ‘तर सर्वोच्च माथि अझै पनि हाम्रो आशा र विश्वास गर्छौं ।’ प्रधानमन्त्री ओली र उनको समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याउंदै जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै गुरुङले त्यसो नगर्न आग्रह गरे ।

ओलीलाई सडकमा नल्याएसम्म आन्दोलन
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य गणेश शाहीले प्रतिनिनधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेकाले संसद पुनस्थापना नभएसम्म सडक आन्दोलन नरोकिने बताए । ‘संसद पुनस्थापना र ओलीलाई सडकमा नल्याएसम्म आन्दोलन रोकिन्न,’ शाहीले भने, ‘युवा विद्यार्थीको आन्दोलनले ओलीलाई गल्ती स्वीकार्न र घुंडा टेक्न वाध्य बनाउँछ ।’

पार्टीका केन्द्रीय सदस्य वामदेव क्षेत्री, प्रतिनिधि सभा विघटन रिुद्ध गठित संघर्ष समिति संयोजक पार्टी नेता पुरुषोत्तम घिमिरे, जिल्ला सचिव निर्मल जीसी, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सरिता श्रीस,अनेरास्ववियुकी केन्द्रीय सदस्य लक्ष्मी केसी,संघका रुपन्देही इन्चार्ज माधव बस्नेत लगायतले प्रतिनिधि पुनस्थापनाका पक्षमा जारी आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

ओली पक्षको वाहुल्य रहेको मानिएको बुटवलमा दाहाल–नेपाल पक्षले पार्टीको प्रदेश कार्यालयमै उल्लेख्य उपस्थितिसहित भेला गरेपछि ओली पक्ष झस्किएको विश्लेषण गरिएको छ । यसअघि उक्त पार्टी कार्यालयमा ओली पक्षले मात्रै भेला र कार्यक्रम गर्दै आएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay