scheduleशनिवारफाल्गुन २२ गते, २०७७

ब्रेस्टमाथि पीएसजीको शानदार जित

एजेन्सी, २६ पुस । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि ३–० को सहज विजय चुमेको छ ।

घरेलु मैदानमा पीएसजीको जितमा मोइस किन, मोउरो इकार्डी र पाब्लो सारावियाले गोल निर्णायक बन्यो । पीएसजीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

खेलको १६औं मिनेटमा मोइस किनले गोल गर्दै टीमलाई अग्रता दिलाए भने ८१औं मिनेटमा मोउरो इकार्डीले केलिएन एमबाप्पेको पासलाई गोलमा रुपान्तरण गर्दै पीएसजीको अग्रता डब्बल बनाए ।

लगत्तै ८२औं मिनेटमा पाब्लो सारावियाले मोउरो इकार्डीको पासलाई गोलमा रुपान्तरण गर्दै पीएसजीको जित पक्का गरे ।

यो जितसँगै पीएसजी १९ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा उक्लिन सफल भएको छ । समान ३९ अंक भएको लिल तेस्रो स्थानमा रहेको छ भने शीर्षस्थानको लियोनको ४० अंक छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay