scheduleशनिवारफाल्गुन २२ गते, २०७७

मेस्सी र ग्रिजमन नायक बन्दा बार्सिलोनाको शानदार जित

एजेन्सी, २६ पुस । कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमन चम्कँदा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ग्रानडामाथि ४–० को सानदार जित दर्ता गरेको छ । जितका लागि दुवैले समान दुई गोल गरे ।

ग्रानडाको घरेलु मैदानमा बार्सिलोनाले फराकिलो जित निकाल्नेक्रममा पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल गरेको हो ।

ग्रानडामा शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिन सफल भयो । ३५औं मिनेटमा ग्रिजमनको पासलाई कप्तान मेस्सीले गोलमा रुपान्तरण गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३ गोलको अग्रता कायम गर्न सफल भयो । टोलीका लागि ६३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गरे । योसँगै बार्सिलोनाले ४–० को सानदार जित दर्ता गर्न सफल भयो ।

अंक तालिकामा एट्लेटिकोको ३६ र रियलको ३७ अंक छ । उनीहरुले तीन खेल कम खेलेका छन् । यो जितसँगै ३४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँगको अंक दुरी भने कम गरेको छ । पराजित ग्रानडा २४ अंकसहित सातौ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay