scheduleशनिवारफाल्गुन २२ गते, २०७७

रोकियो रियल म्याड्रिड

एजेन्सी, २६ पुस । स्पेनिस ला लिगामा रियल म्याड्रिड ओसासुनासँग बराबरीमा रोकिएको छ । ओसानुसा रेलिगेसन जोनमा संघर्ष गरिरहेको टिम हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिए ।

खेलको १६औं मिनेटमा रुवेन गार्सियाले गोल गर्ने अवसर खेर फाले । ३०औं मिनेटमा ओइरको हेडरलाई म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले असफल तुल्याए ।

करिम बेन्जेमाले ९०औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर गुमाएपछि रियल बराबरीमा रोकियो । ७० प्रतिशत बल पोसेसन राखेपनि रियलले ओसासुनाको बलियो रक्षापङ्ति तोड्न सकेन ।

जित निकाल्न नसक्दा रियलले शीर्षस्थानमा पुग्ने मौका गुमायो । अत्यधिक हिमपातको कारण एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको खेल रोकिएकोले पनि रियललाई यो मौका थियो ।

अहिलेसम्म रियलसँग १८ खेलबाट ३७ अंक छ भने १५ खेलबाट एट्लेटिकोको ३८ अंक जोडेको छ । उता ओसासुना १५ अंक जोडेर १९औं स्थानमा रोकिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay