scheduleआइतवारमाघ ४ गते, २०७७

पाकिस्तान सुपर लिगको ड्राफ्ट आज, १० नेपाली खेलाडी सूचिमा

काठमाडौं, २६ पुस । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको ड्राफ्ट आज हुँदैछ । पाकिस्तानको लाहोरमा हुने ड्राफ्ट नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुने बताइएको छ ।

ड्राफ्टमा नेपालका १० खेलाडी परेका रहेका छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा छन् । जुन सर्वाधिक उच्च मूल्यको क्याटेगोरी हो । यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।

यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् । यस क्याटेगोरीमा पर्ने खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख रहेका छन् ।

यस क्याटेगोरीको मूल्य १५ हजार अमेरिकी डलरदेखि ३५ हजार अमेरिकी डलरसम्म रहेको छ । ड्राफ्टमा पीएसएल खेल्ने ६ टोलीले खेलाडीमाथि बोली लगाउने छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay