scheduleआइतवारमाघ ४ गते, २०७७

पाकिस्तान सुपर लिगमा परेनन् नेपाली खेलाडी

काठमाडौं, २७ पुस । पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपालका कुनैपनि खेलाडी अनुबन्ध हुन सकेनन् । आइतबार साँझ सम्पन्न ड्राफ्टमा नेपालका कुनै पनि खेलाडीलाई फ्रेन्चाइज टोलीले अनुबन्ध गरेन ।

नेपालबाट पूर्वकप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने सहित १० खेलाडी ड्राफ्टमा सहभागी थिए । सन्दीप प्ल्याटिनम क्याटेगोरीमा थिए भने सिल्भर विदेशी कोटामा उप कप्तान दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख रहेका थिए ।

पिएसएल ड्राफ्टमा २० देशका ४ सय भन्दा बढी विदेशी खेलाडी सहभागी थिए । गत वर्षको पिएसएलमा पनि नेपालका कुनैपनि खेलाडी अनुबन्ध भएका थिएनन् । गतवर्ष सन्दीप सहित ८ खेलाडी ड्राफ्टमा थिए । पिएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्चसम्म लाहोर र कराँचीमा हुने सम्भावना छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay