दार्चुलामा भूकम्पको धक्का
काठमाडौं, २८ पुस । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार बिहान दार्चुला केन्द्रविन्दू भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।
मंगलबार बिहान गएको भूकम्पको मापन ४.२ रेक्टरस्केल गरिएको छ । सोमबार पनि काठमाडौंको कुलेश्वरलाई केन्द्रविन्दू बनाएर अर्को भूकम्प गएको थियो ।