scheduleबुधवारमाघ १४ गते, २०७७

ग्राहकलाई चलचित्र, सिरियल र टिभी शो उपलब्ध गराउँदै नेटटिभी

काठमाडौं, २८ पुस । नेपालको पहिलो आइपिटिभी सेवा प्रदायक नेटटिभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टिभी सिरियलहरु र टिभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरुसहितको नेटटिभी प्राइम प्याकेज उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्तर्गत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एप मार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेभ श्रंखलाहरुको ठूलो संग्रहबारे परिचित गराएको थियो, जुन प्याकेजप्रति महिना ९९ रुपैयाँमा नेटटिभी सेट टप बक्स भएका ग्राहकले लिन सक्छन् ।

हंगामा बाहेक, नेटटिभी प्राइम प्याकेजसँगै नेटटिभी सिनेप्लस वर्ग अन्तर्गत तीन हजार भन्दा बढी चलचित्र सामग्री, वेभ श्रृंखला (सेरिज) र सामान्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् । यी सबै सामग्रीहरुमा हेर्नका लागि प्राइम प्याकेज लिएका ग्राहकहरुलाई कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । नेटटिभीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटिभी सिनेप्लसको वर्ग अन्तर्गत प्रशारण गर्दैछ ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार, नेटटिभीले सार्वजनिक गरेको नेटटिभी सिनेप्लस हेर्नका लागी ग्राहकलाई थप शुल्क नलाग्ने गरी तीन हजार भन्दा बढी चलचित्रहरु, लोकप्रिय बेभ श्रृंखला र सामान्य मनोरञ्जनात्मक सामग्री रहेको नेटटिभी प्राइम प्याकेज अन्तर्गत वर्ल्डलिंकका ग्राहकहरुलाई धेरै नै आकर्षित गरेको छ । नेटटिभी सिनेप्लस र हंगामासहित नेटटिभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यहरुको लागि प्रति महिना ९९ रुपैयाँमै चार हजार भन्दा वढी मनोरञ्जनात्मक सामग्रीहरु उपलब्ध छन् ।

हामीले प्रति महिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेटबाट उपयोग गर्न सक्ने गरी हाम्रो नेटटिभी एन्ड्रोइड र आईओएस एपमा नेटटिभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने सुरुवात गरेका छौं ।

प्रमुख कार्यकारी अधिकृत राजभण्डारी भन्छन्, ‘हामी नेपालको सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने कम्पनी बन्ने लक्ष्यमा छौ, यसले ग्राहकलाई न्यूनत्तम शुल्कमै अद्भुत मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने अनुभव प्रदान गर्नेछ । हामी प्रविधि साझेदारीमा महत्वपूर्ण लगानी गर्दैछौ, जसले तीव्र गतिमा विश्व वजारमा उपलब्ध रहेका नयाँ नयाँ कार्यक्रम ल्याउन हामी सक्षम हुनेछौं ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay