ईश्वरको जिकिर- नेकपा फुटेकै छैन
एसपी यादव/सर्लाही, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् । नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताए ।
उनले तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको जनाउँदै पार्टी कानूनीरुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताए ।
नेकपाका केन्द्रीय सदस्य क. राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहको समेत उपस्थित रहेको थियो ।
मलङ्ग्वाको तीन बिघी मैदानमा नेता तथा कार्यकर्ताहरुलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, सहरी विकास मन्त्री प्रभु साह र पुर्व मन्त्री रघुवीर महासेठ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।