scheduleबुधवारमाघ १४ गते, २०७७

लोडसेडिङमुक्त नेपाल बनाउन मेरै मास्टरप्लानले काम गर्‍योः मन्त्री रायमाझी

काठमाडौं, २९ पुस । ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले नेपालमा अहिले विद्युतको अभाव नभएको भन्दै उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले लोडसेडिङ्ग हुने कुनै सम्भावना नै नरहेको पनि बताए । उनले अहिले प्रयाप्त बिजुली उत्पादन भइरहेको जानकारी दिए ।

नेपाल लोडसेडिङमुक्त हुनुमा अघिल्लोपटक आफू मन्त्री हुँदा बनाएको मास्टरप्लानले भूमिका खेलेको रायमाझीको दावी छ ।

मास्टरप्लान बनाउँदा त्यसबेला कुलमान घिसिङलाई पनि समितिमा समेटेर बनाएको उनले जानकारी दिए ।

अहिलेको आफ्नो चुनौति धेरै भएको विजुली कसरी खपत गर्ने भन्ने रहेको भन्दै मन्त्री रायमाझीले आगामी भदौसम्म ५ सय मेघावाट बिजुली धेरै भएर खेर जाने अवस्था रहेको जानकारी दिए ।

उनले नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायी हुने धारणा राखे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay