scheduleबुधवारमाघ १४ गते, २०७७

४४५ कोरोना संक्रमित थपिँदा ५ जनाको मृत्यु


काठमाडौं, २९ पुस । नेपालमा बितेको २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यो अवधिमा ४१४ जना कोरोनामुक्त भएका छन् ।

बितेको २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु हुँदा कुल मृतकको संख्या १ हजार ९३७ पुगेको छ ।

नेपालमा हालसम्म २ लाख ६६ हजार १४३ जनालाई कोरोना संक्रमण भएकोमा २ लाख ५९ हजार ७७२ जना निको भइसकेका छन् । अहिले बाँकी रहेका सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।

हालसम्म १९ लाख ९७ हजार ९ पिसिआर परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा आइसोलेसनमा ४ हजार ४३४ जना रहेका छन् भने यीमध्ये २३७ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay