आयोगसमक्ष ओलीको जिकिर- नेकपा फुटेकै छैन (जवाफको पूर्ण पाठ)
काठमाडौँ, २९ पुस । केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा नेकपा विभाजन नै नभएको जिकिर गरेको छ । बुधबार आयोगमा जवाफ दिन पुगेको उक्त समूहले यस्तो जिकिरसहितको पत्र बुझाएको हो ।
‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ । यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ,’ पत्रमा भनिएको छ ।