scheduleबुधवारमाघ १४ गते, २०७७

कपाल मुण्डन गरेर प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

काठमाडौं, २९ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध कपाल मुण्डन गरेर विरोध गर्न खोजेका नेविसंघका आवद्ध विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रतिनिधिसभा विघटन गरेर हत्याले संविधानको हत्या गरेको भन्दै उनीहरुले कपाल मुण्डन गरेर सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका थिए ।

विरोध प्रदर्शन अनुसार मलामी निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेविसंघका दर्जनभन्दा बढी विद्यार्थी पक्राउ परेको नेविसंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay