scheduleआइतवारमाघ ४ गते, २०७७

प्रदेश १ मा २५ संक्रमित थपिए

काठमाडाैं, २९ पुस । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०, झापामा पाँच, सुनसरीमा दुई, भोजपुर, तेह्रथुम र पाँचथरमा एकएक तथा प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४९ पुगेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३७२ छ । सो अवधिमा ३४ जना डिस्चार्ज र ५७३ जनाको पिसिआर परीक्षण भई कूल दुई लाख १३ हजार ४८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay