scheduleआइतवारमाघ ४ गते, २०७७

प्रधानमन्त्रीको कदमविरुद्ध अनेरास्ववियूको कार्टुन प्रदर्शन

काठमाडाैं, २९ पुस । नेकपा प्रचण्ड–नेपाा पक्ष निकट अनेरास्ववियूले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ ।

संसद विघटनविरुद्धको दोश्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले बुधबार प्रज्ञा प्रतिष्ठानको डवलीमा ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको हो । प्रधानमन्त्रीको कदमलाई व्यंग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टुनहरुलाई संकलन गरी प्रदर्शन गरिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।

प्रधानमन्त्रीको कदम नसच्चिएसम्म आन्दोलन जारी रहने भन्दै उनले आन्दोलनका अन्य कार्यक्रम तय गरिने जानकारी दिए । प्रदर्शनमा सहभागीहरुले संसद विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै प्रधानमन्त्रीविरुद्ध नारा लगाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay