scheduleबुधवारमाघ १४ गते, २०७७

कोरोना संक्रमित अर्मेनियाका राष्ट्रपति अस्पताल भर्ना

येरेवन, २९ पुस । अर्मेनियाका राष्ट्रपति अर्मेन सर्किसीयनलाई अकस्मात अस्पताल भर्ना गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका सर्किसीयनलाई निमोनियाको समस्या बढेपछि अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उनको अवस्था पहिलाभन्दा जटिल भएको पुष्टि गर्दै निमोनिया भएको उल्लेख गरिएको छ ।

राष्ट्रपति सर्किसीयनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको थियो, उनलाई अहिलेसम्म निवासमै उपचार गराइएको थियो । तर अहिले समस्या बढेकाले अस्पताल लगिएको हो, वक्तव्यमा लेखिएको छ ।

उच्च ज्वेरो र दोब्बर निमोनिया भएकाले राष्ट्रपति सर्किसीयनको अवस्था जटिल भएको वक्तव्यमा लेखिएको छ । राष्ट्रपति कार्यालयले उनि यही जनवरी ५ तारिखका दिन कोरोनाभाइरसबाट सक्रमित भएको पुष्टि भएको जनाएको छ ।

उनि बेलायतको राजधानी लण्डन गएका बेला संक्रमित भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति सर्किसीयन नयाँ वर्ष र बिदा मनाउन परिवारसहित लण्डन गएका थिए । एएनआई

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay