scheduleशनिवारफाल्गुन २२ गते, २०७७

जिनोआलाई पराजित गर्दै युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा

एजेन्सी, १ माघ । सिरी ‘ए’ मा जिनोआमाथि जित निकाल्दै युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा सब्सिच्युट हाम्जा राफियाको निर्णायक गोलमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय गरेको हो ।

घरेलु मैदान एलिएन्ज एरिना टुरिनमा बुधबार राति सम्पन्न खेलमा युभेन्टसले जिनोआलाई ३–२ ले पराजित गरेको हो । संघर्षपूर्ण खेलमा अन्तिम आठको यात्रा तयका लागि युभेन्टसका लागि डिजान कुलुसेभ्स्की, अल्भारो मोराटा र हम्जा राफियाले गोल गरे । जिनोआको लागि लेननार्ट सिबोरा र फिलिप्पो मेलेगोनीको गोल गरे पनि जित सुनिश्चित गर्न सकेनन् ।

खेलमा घरेलु टोलीले २३ मिनेटभित्र दुई गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा खेल निकै रोमाञ्चक बनेको थियो भने अतिरिक्त समय पनि थप्नु परेको थियो ।

युभेन्टसलाई दोस्रो मिनेटमै अग्रता दिन डिजान कुलुसेभ्स्कीले जर्जियो चिलियानीको पासमा गोल गरेका थिए । २३औं मिनेटमा अल्भारो मोराटाले कुलुसेभ्स्कीको पासमा गोल गर्दै युभेन्टको अग्रता दोब्बर बनाएका थिए ।

२८औं मिनेटमा लेननार्ट सिबोराले इडोआर्डाे गोल्डानिगाको पासलाई गोलमा रुपान्तरण गर्दै खेललाई २–१ को अवस्थामा फर्काए । ७४औं मिनेटमा फिलिपो मेलेगोनीले पाओलोको पासमा गोल गरेपछि निर्धारित समयमा खेल २-२ गोलको प्रतिस्पर्धात्मक र रोमाञ्चक अवस्थामा आइपुगेको थियो ।

१०५औं मिनेटमा हम्जा राफियाले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए । सब्सिच्युट हुँदै मैदानमा आएका अल्भारो मोराटाको पासलाई गोलमा रुपान्तरण गर्दै टिमको जित सुनिश्चित गरेका हुन् । उनी ७७औं मिनेटमा मानोलो पोर्टानोभाको स्थानमा मैदान छिरेका थिए । क्रिश्चियानो रोनाल्डो भने खेलको अन्तिम समयमा मैदान छिरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay