scheduleबुधवारमाघ १४ गते, २०७७

पिएसजीले उचाल्यो सुप कप उपाधि

एजेन्सी, १ माघ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप उपाधि उचालेको छ । यो पिएसजीले उचालेको १०औं उपाधि हो ।

पिएसजीले चिर परिचित प्रतिद्वन्द्वी मार्सेलाई २-१ ले पराजित गर्दै कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कप उपाधि जितेको हो ।

पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ८५ औं मिनेटमा नेयमारले अर्को गोल थपेर अग्रता दोब्बर बनाएका थिए । नेयमारले पेनाल्टी प्रहारलाई गोल गरेका हुन् ।

मार्सेका लागि डिमीट्री पायटले फ्लोरियन थाउभिनको क्रसलाई पहिलो टचमा गोल गरे पनि टिमको हार रोक्न सकेनन् । खेलको अन्तिम समयतिर उनले गरेको गोल सान्त्वना गोलमा सीमित भयो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay