scheduleबिहिवारफाल्गुन २० गते, २०७७

सुनचाँदीको मूल्य घट्यो

काठमाडाैं, १ माघ । माघको पहिलो दिन बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay