scheduleबुधवारमाघ १४ गते, २०७७

‘खोप किन्न चन्दा उठाउने, उपचार गर्न पैसा छैन भन्ने, अर्बौं खर्च लाग्ने चुनाव घोषणा गर्ने ?’

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले घोषणा गरेको निर्वाचनको आलोचना गरेका छन् । सरकारले कोभिड-१९ खोपका लागि खोप कोषमा योगदान गर्न सार्वजनिकरुपमा आह्वान गरेपछि प्रवक्ता शर्माले सरकारी निर्णयको आलोचना गरेका हुन् ।

‘खोप ल्याउन सरकार सार्वजनिकरुपले चन्दाको विज्ञापन छाप्छ,’ उनले विहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ ।’

उनले यो सरकार जनताको नभएको तर्क गरेका छन् । ‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय ।’

प्रवक्ता शर्माले चुनाव घोषणाको विरोध गरे पनि नेपाली कांग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलन चर्काउने निर्णय गर्न सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay