scheduleशनिवारमाघ ३ गते, २०७७

‘कञ्चन’ पक्राउ परेपछि विप्लवद्वारा विरोध जुलुससहित नेपाल बन्दका कार्यक्रम घोषणा

फाइल फोटो

काठमाडौं, १ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै माघ ३ गतेदेखि १० गतेसम्म नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पुस २९ गते पक्राउ परेका थिए ।

विप्लवका अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक भएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay