scheduleबुधवारमाघ १४ गते, २०७७

प्रचण्ड- माधव समूह बैठक : आन्दोलन थप सशक्त बनाउने निर्णय

काठमाडाैं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समुहले आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहिबार बसेको स्थायी कमिटी बैठकले देशको संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको हो ।

बैठकले विगतका संघर्षका कार्यक्रमहरुको समिच्क्षा गरेको र प्रदेश र जिल्लाहरुमा संघर्षका कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल व्यापक स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । उनले आन्दोलन देशका आम नागरिकको भएकाले अझै प्रभावकारी बनाउने तयारीमा रहेको बताए ।

पुस,माघको चिसोमा आन्दोलनको राप अझै तात्दै जाने भएकाले अझै आन्दोलनका प्रभावकारी कार्यक्रमहरु तय गरेर अगाडि बढ्ने उनको भनाई छ । पन्तले बैठक शुक्रबार बिहान ११ पुनः स्थायी कमिटी बैठक बस्ने जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay