पूर्वमन्त्री केसीले गरे धादिङको सल्यानटारमा नरसिंहधाम मन्दिरको शिलान्यास
धादिङ, १ माघ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटार १ मा रहेको नरसिंहधाम मन्दिरको शिलान्यास गरिएको छ ।
बिहीबार बूढीगण्डकी र नेत्रावति नदीको संगमस्थलमा रहेको मन्दिरको शिल्यान्यास नेपाली कांग्रेसका केन्द्र सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले गरेका हुन् । भक्तजनको सहयोगबाट निर्माण हुने मन्दिरकाे लागत ४ कराेड ६८ लाख लाग्नेछ । उक्त स्थानमा मन्दिरसँगै गुरू र चेला बस्ने भवन र पाठशाला भवन निर्माण हुँदैछ ।
यसअघि २०६९ सालमा १९ लाखमा निर्माण गरिएको मन्दिर २०७२ सालमा गएको भूकम्पले भत्किएकाे थियो । कार्यक्रमलाई सम्बाेधन गर्दै नेता केसीले हाेलीवाइन खाएर क्रिश्चियन धर्म प्रचारप्रसारमा लाग्नेहरूले धर्म संस्कृतिलाई बिर्सेकाे बताए ।
फरक प्रसंगमा नेता केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गरेको बताए । प्रतिनिधि सभा विघटनकाे विरूद्वमा पार्टीले आन्दोलनकाे कार्यक्रम घाेषणा गरेको भन्दै कुनै नेताले बाेलेकाे व्यक्तिगत कुराले अर्थ नराख्ने र अलमलमा नपर्न सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा पार्टी जिल्ला सभापति रमेश धमलाले आफ्नो धर्म र संस्कृतिकाे जगेर्ना आफैंले गर्नुपर्ने बताए । कसैसँगकाे आश्रीतमा नपरी सानोतिनो लगानी गरेर धर्मको धराेहरलाई जाेगाउनु्पर्ने उनको विशेष जाेड थियो ।
कार्यक्रममा जिल्ला सचिव हरिराम बुर्लाकाेटी, गाउँपालिका उपप्रमुख देवी पाण्डे, १ नम्बर वडा अध्यक्ष भाेजबहादुर रिजाल, १ नम्बर वडा सभापति राजु उप्रेतीलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताकाे साथसाथै स्थानीय र बुद्धिजीवी र शिक्षकको उपस्थिति थियो ।