आर्सनल र प्यालेस गोलरहित बराबरीमा
लन्डन, २ माघ । इंग्लिस प्रिमियर लिगमा आर्सनल र क्रिस्टल प्यालेस गोलरहित बराबरीमा रोकिएका छन् । विहीबार सम्पन्न खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् ।
जित दर्ता गर्न नसक्दा आर्सनलले घरेलु मैदानमा पूरा तीन अंक जोड्ने अवसर गुमाएको छ । आर्सनल लयमा फर्कन संघर्षरत टोली हो ।
आर्सनलको १८ खेलबाट २४ अंक जोड्दै ११ औं स्थानमा रोकिएको छ । प्यालेस भने २३ अंकसाथ १३ औं स्थानमा रहेको छ ।
तीन साताअगाडिसम्म आर्सनललाई रेलिगेसनको सम्भावित टोली मानिएको थियो । यद्यपि पछिल्ला खेलहरुमा लगातार चारवटा जित दर्ता गर्दै बलियो स्थितिमा फर्किएको हो ।