scheduleशनिवारफाल्गुन २२ गते, २०७७

रियल म्याड्रिडलाई हराउँदै बिल्वाओ फाइनलमा

म्याड्रिड, २ माघ । एथ्लेटिको बिलबाओले स्पेनी सुपरकपको फाइनलमा बार्सिलोनाको सामना गर्ने भएको छ । बिहीबार राति भएको खेलमा उसले बिहीबारको सेमिफाइनलमा रियल म्याड्रिडलाई २–१ ले हरायो ।

बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन । सुरुमा यसले मान्यता नपाएपछि ‘भार’ ले यसलाई गोलको संज्ञा दिएको थियो ।

यससँगै बिल्वाओले गत डिसेम्वरमा बेहोरेको ३–१ को हारको बदलासमेत लिन सफल हुदा रियलमाथि ११ खेलपछि जितविहीन यात्रा टुंग्याएको छ । रियलले बिल्वाओविरुद्ध आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन सकेन । रियल बिल्वाओसँग ७ मार्च २०१५ मा १–० ले पराजित भएयता ११ खेलसम्म अपराजित रहेको थियो ।

यसअघि बार्सिलोनाले अर्को सेमिफाइनलमा रियल सोसिडाडलाई टाइब्रेकरमा हराएको थियो । फाइनल आइतबार सेभियामा हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay