scheduleसोमवारफाल्गुन २४ गते, २०७७

अमेरिकी संसद भवनमा आक्रमण गर्नेमध्ये एक जना नियन्त्रणमा

वासिङ्गटन, २ माघ । अमेरिकाको संसद भवनमा आक्रमण गर्नेमध्ये एक जनालाई पक्राउ गरिएको छ । ६ जनवरीका दिन अमेरिकी संसद भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेको घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको हो ।

संसदमा रहेको सिसिटीको सहयोगमा अमेरिकी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ती व्यक्तिलाई हिजो डेलावेयरबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेको नाम केविन सीफ्राइड बताइएको छ । उनलाई आज अदालतमा पेश गरिने पनि बताइएको छ ।

राष्ट्रपति निर्वाचनमा ट्रम्प पराजित भएपछि उनका समर्थकहरुले संसद भवनमा प्रवेश गरेर प्रदर्शन गर्दा एक जना महिलाको मृत्यु समेत भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay