scheduleशनिवारफाल्गुन २२ गते, २०७७

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं, २ माघ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता माघ १७ सम्म मुलपानी र त्रिभुवन विश्वविद्यालय किर्तीपुरको क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् भने समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम रहेका छन् ।

समूह चरणपछि शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्ने छ । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ मा हुने छ भने प्रतियोगिताको फाइनल खेल माघ १७ मा हुने छ । गतवर्ष माघमा सुनसरीको इनरुवामा सम्पन्न मनोमहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगितापछि यो पहिलो राष्ट्रिय प्रतियोगिता हो ।

नेपाली पुरुष क्रिकेट टोलीले अन्तिम पटक गत फागुनमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टी–ट्वान्टी छनोट खेलेको थियो । त्यसयता भने पुरुष टोलीका खेलाडीले कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिएनन् ।

यस पटक प्रधानमन्त्री कप छनोटमा जिल्ला हुँदै प्रदेश छनोट मार्फत खेलाडी छानिएको हुँदा युवा खेलाडीको बाहुल्याता छ । आज हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरु हुने छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay