scheduleसोमवारफाल्गुन २४ गते, २०७७

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडाैं, २ माघ । शुक्रबार सुनको मूल्य तोलामा चार सय रुपैँयाले बढेको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुन शुक्रबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १२ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस झण्डै १८ सय ५३ अमेरिकी डलरमा कारोबार भएको महासंघले जनाएको छ ।

 

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay