scheduleबिहिवारफाल्गुन २० गते, २०७७

खुल्यो इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ

काठमाडौं, २ माघ । इन्फास्ट्रक्चर बैंकको आइपिओ मा आजदेखि आवेदन खुला भएको छ । चुक्ता पुँजी २० अर्ब रहेको बैंकले ४० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धक रहेको उक्त कम्पनीको आइपिओमा ६ गतेसम्म आवेदन दिन सकिनेछ। बैंकले अंकित मूल्य १ सयका दरले ८ करोड कित्ता सेयर जारी गर्न लागेको हो।

सोमध्ये कर्मचारीका लागि १ लाख ६० हजार र सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता छुट्याइएको छ। बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। बैंकले जारी गर्ने प्राथमिक सेयर अहिलेसम्मकै ठूलो परिमाणको हो।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay