scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

माघ ३ को प्रदर्शनमा सहभागी बन्न कांग्रेस सभापति देउवाको अपिल

काठमाडाैं, २ माघ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध माघ ३ को प्रर्दशनमा सहभागी बन्न नेपाली कांग्रसले अपिल गरेको छ । शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ती जारी गर्दे यस्तो अपिल गरेका हुन् ।

प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शनमा उत्रीएको छ । यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले शनिबार माघ ३ गते ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।

देउवाले भनेका छन्-‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ ।’

‘पार्टीको सबै तहका साथीहरू संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay