‘लोकतन्त्रको बिरुवा नमार’ भन्दै विवेकशीलको प्रदर्शन (तस्विरहरु)
काठमाडाैं, २ माघ । विवेकशील पार्टीले लोकतन्त्रको बिरुवा नमार भन्दै संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरेको छ । उक्त पार्टीले शुक्रबार माइतीघर मण्डलमा असंवैधानिक ‘संसद विघटन’ खारेज गर भन्ने नारा लेखिएको ब्यानरमा प्रदर्शन गरेको हो ।
लामो संघर्ष तथा त्याग पछि प्राप्त लोकतन्त्र अहिले शैशवकालमा रहेको विवेकशीलको ठहर छ । यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशको लागि अशुभ संकेत भएको जनाएको छ ।
सबै राजनीतिक दल तथा नागरिकहरूले लोकतन्त्रलाई संवर्द्धन तथा संरक्षण गर्नको लागि अगाडि लाग्नुपर्ने विवेकशील पार्टीका नेता शशिबिक्रम कार्कीले बताए ।
विवेकशील पार्टीले हरेक दिन माइतीघर मण्डलमा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवाद विरुद्ध प्रदर्शन गरिरहेको छ । भोलि २७ औं दिन पनि बिहान १०।३० बजे माइतीघर मण्डलमा प्रदर्शन जारी रहने विवेकशीलले जनाएको छ ।