संसद विघटनविरुद्ध जसपाको माइतिघरमा विरोध प्रर्दशन
काठमाडाैं, २ माघ । प्रतितिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
असंवैधानिक, अलोकतान्त्रीक र प्रतिगमनकारी कदम खारेज गर्नुपर्ने भन्दै जसपाको नेवा राष्ट्रिय समितिले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, समावेशी समानुपातिक लोकतन्त्र जिन्दावाद, पहिचानमा आधारिक संघियता कायम गर लगाएतका प्लेकार्ड बोकेका थिए ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमबिरुद्ध उनीहरुले नारावाजी समेत गरेका थिए । संसद विघटनपश्चात जसपाले आन्दोलनलाई निरन्तरता दिएको छ ।