scheduleशनिवारफाल्गुन १५ गते, २०७७

भारतको ‘कोभिसिल्ड’ कोरोना खोपलाई नेपालले दियो आपतकालीन प्रयोग अनुमति

काठमाडौं, २ माघ । भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोरोनाविरुद्धको खोपलाई नेपालले आपतकालीन प्रयोग अनुमति प्रदान गरेको छ ।

औषधि व्यवस्था विभागले शुक्रबार उक्त भ्याक्सिन प्रयोग अनुमति दिएको हो । उक्त खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ ।

कोभिसिल्डलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त खोप बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको हो । यसअघि उक्त खोप प्रयोग गर्न भारतले पनि आपतकालीन अनुमति प्रदान गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay