scheduleबिहिवारफाल्गुन २० गते, २०७७

सिटी एक्प्रेस बन्यो भ्वाइस अफ नेपालको सह-प्रायोजक

काठमाडौं, २ माघ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अफ नेपाल, सिजन ३ को सह-प्रायोजक रहने घोषणा गरेको छ ।

सो कार्यक्रम हिमालय एच्डी टिभीबाट प्रसारण हुनेछ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ । काठमाडौं स्थित र्‍याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भोईस अफ् नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आबद्ध हुन पाउदा खुशी लागेको बताए ।

उनले सिटी एक्सप्रेसले जसरी देश विदेशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ त्यसरी नै भोईस अफ नेपालले पनि देश विदेशमा रहेका नेपालीहरुबाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा खुशी ब्यक्त गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay