scheduleआइतवारफाल्गुन २३ गते, २०७७

चीन मूलभूमिको क्यारेन्टिनमा १४ दिन

हान हुयङ

अपरान्ह ३.३० बजे म हङकङको घरबाट निस्केँ । शेनझेनको बन्दरगाहसम्म पुग्न मैले ट्याक्सी लिएँ । निक्कै उत्साहको अनुभूति भइरहेको थियो । कारण शेनझेन पुलपारि थियो । दुवै पट्टीका दृष्यहरू निक्कै शानदार थिए ।

हङकङ–शेनझेन पश्चिमी करिडोरलाई शेनझेन खाडीको पुल पनि भनिन्छ, यसले हङकङलाई चीन मूलभूमिसँग जोड्दछ ।

शेनझेन बन्दरशाहमा पहिलो ध्यान दिन योग्य कुरा यो कोराना महाव्याधीपछि त्यस अघिभन्दा सुनसान थियो । मैले त्यहाँ केही सीमित यात्रीहरू मात्र देखेँ, सबै प्रवेशद्वारहरू बन्द थिए ।

ट्याक्सीबाट उत्रेर केहीबेर हिडेपछि फेस मास्क लगाएका अध्यागमन अधिकारी भेटिए । उनले मलाई अटोमेटिक इमिग्रेसन क्लियरेन्स च्यानल हुँदै अगाडि जान भने । त्यो इमिग्रेसन अफिसको इ-च्यानल थियो, जहाँ मैले आफ्नो हङकङ इमिग्रेसन कार्ड छिराएँ ।

सेनझेन तर्फका बोर्डर अधिकारीले जुत्ताको डकनीदेखि फेस शिल्डसम्म पुरै पिपिई लगाएका थिए । उनी बन्दरगाहको प्रवेशद्वारमा उभिएका थिए । यस बिन्दूदेखि उता स्वास्थ्य मापदण्ड अझ कडा थिए ।

सीमा कट्ने वित्तिकै एक अधिकारीले मेरो पासपोर्ट जाँच गरे । मैले कोभिड–१९ नेगेटिभ भएको केही दिनअघिको स्वास्थ्य जाँच प्रमाणपत्र देखाउनु पर्‍यो । उनले मलाई दुईवटा फारम भर्न दिए ।

एउटा ट्राभल हिस्ट्री र सम्पर्क सूचना फारम थियो । अर्को मेरा गन्तव्य र क्यारेन्टिन केन्द्र सम्बन्धी थियो । अब के गर्ने भन्ने कुरा यात्रुलाई सूचना पाटीले बताउँथ्यो । मैले आफ्नो स्वास्थ्य र व्यक्तिगत सूचनाहरू ह्वाट्सऐपबाट भरेँ । त्यसपछि एक विशेष आरक्यू कोड फिर्ता आयो ।

सीमा अधिकारीले मलाई जान दिनुअघि मेरो ज्वरो नापे । आरक्यू कोड हेरे । फारमहरू जाँचे । त्यसपछि म अर्को जाँच केन्द्रमा पुगेँ । त्यहाँ भएका कर्मचारीले फेरी मेरो आरक्यू कोड जाँचे र हङकङमा मेरो घरको ठेगाना सोधे ।

अब मात्र म अध्यागमन काउन्टरमा पुगेकी थिएँ । त्यहाँ तीनजना सीमा अधिकारीहरू थिए । तीमध्ये एकले मैले भर्खरै समुन्द्रपार यात्रा गरे नगरेको बारे सोधे । मेरा भ्रमण सम्बन्धी कागजातहरू हेरे र प्रोसेसमा हाली दिए ।

अब भने म अराइभर हलमा पुगे, जहाँ अधिकारीहरू यात्रीका गन्तव्यहरू जाँचिरहेका थिए । त्यहाँ धेरै टेबलहरू थिए । प्रत्येक टेबलमा फरक रंगको स्टिकर टाँसिएको थियो । मलाई ग्वोन्दोङ प्रदेशको हुइजोङ जानु थियो । मैले हरियो स्टिकर टाँसिएको टेबुलमा जानु पर्‍यो ।

मैले आफ्नो पासपोर्ट मागे । केही बेरपछि दिइयो । त्यसपछि म बाहिर निस्कने बाटोतिर लागे । मैले काम सकिएको ठानेर राहतको अनुभूति गरे ।

मलाई अब यो बताइयो कि ग्वोन्दोङ प्रदेशको हुईजोङ र शानहुई जानेलाई मात्र त्यही क्यारेन्टिनको व्यवस्था छ । अन्यत्र जानेलाई अन्यत्रै लगेर क्यारेन्टिन गरिन्छ । सेनझेन क्यारिन्टिनमा राखिनेहरूलाई भिन्नै टेन्टमा समूह बनाएर उभिएका थिए । ती उनीहरूलाई लिन आउने बस पर्खिरहेका थिए ।

म पनि सरकारले उपलब्ध गराएको बसमा चढेँ । हामीलाई अब क्यारिन्टिन होटलतिर लगिँदै थियो । बस हिँड्यो । हामी होटलको पछाडि पट्टी ओर्लियौं । यहाँबाट होटल प्रवेशको जाँच हुने लाइन थियो ।

यो होटल लङसी भन्ने सानो शहरमा थियो जो मेरो गृहनगर हुईजोङबाट ४० किमी टाढा थियो । मेडिकल टिमले त्यहाँ मलाई घाँटीबाट जाँच नमूना निकाल्ने चिज दिए । उनीहरूले मलाई निन्द्रा सम्बन्धी या अरु कुनै स्वास्थ्य समस्या भए न भएको सोधे ।

हान हुयङ

जाँचको प्रक्रिया अघि बढ्यो । म मेरो कोठामा गएँ । कोठाको बाहिरपट्टी एउटा हरियो बास्केटमा केही अत्यावश्यक सामग्री थिए र तीन बोटल पानी थियो ।
होटलले डिनर तयार गर्‍यो । एक डिस्पोजेबल थालीमा आजको रातका लागि किचेन, मसरुम र केही तरकारीहरू थिए । राती मलाई गहिरो निन्द्रा पर्‍यो । होटलको कोठा मेरो हङकङको फ्ल्याट भन्दा पनि ठूलो थियो ।

भोलिपल्ट बिहान दाँत माझ्ने, मुख धुने काम सकेपछि मैले ढोका खोलेँ । बाहिरपट्टी मेरो ब्रेकफाष्ट थियो । आजको मेनुमा अण्डा, मासु र स्टिम राइस थियो । यो मेरा मनपर्ने खाना हो ।

ढोका पिपिई लगाएका कामदारले ढकढक पारे । उनी ममा कुनै लक्षण देखिएको छ कि छैन भनेर जाँच्न आएका थिए । उनले मेरो तापक्रम नापे । उनले भने कि क्यारेन्टिन रहुन्जेल प्रत्येक दिन मैले दुई पटक अनिवार्य तापक्रम जाँच गर्नुपर्नेछ ।

खाना लिएर आउने कामदारले पनि पुरै पिपिई लगाएका थिए । उनले परैबाट कुर्सीमा प्याकेट राखे र गायब भए । दिउँसो दोस्रो चरणको तापक्रम जाँच भयो ।

तेस्रो दिन मैले होटल रिसेप्सनलाई खाना क्यान्सिल गर्न भनेँ । मैले थाहा पाइ सकेकी थिएँ कि वरिपरिबाट स्थानीय परिकारका खाना डेलिभरिको सुविधा छ । डेरिभरि शुल्क नगन्य छ । आजका लागि मैले चिनियाँ स्थानीय परिकार मगाए जसका मूल्य ७.५० अमेरिकी डलर थियो ।

चौथो दिन । मैले बाहिर कुनै मेसिनको आवाज सुनेँ । यस्तो आवाज दिनमा दुई पटक आउँथ्यो । यो त होटलका कामदारहरूले कोठाबाट उठाएका कपडा र भुईको कार्पेट धोएको मेसिनको आवाज पो रहेछ ।

पाँचौ दिन । आज हप्तान्त थियो । म ११ बजे मात्र उठेँ । आज तापक्रम जाँच्ने मान्छे सधैभन्दा ढिलो आए । आज करिब ३० किमी टाढाबाट मेरो एउटा साथी आयो । उसले मेरा लागि चिया, दूध र अरु केही परिकारहरू ल्याएको थियो । आजको दिनको मेरो उल्लेख गर्न योग्य घटना यही बन्यो ।

छैटौं दिन म केही कुरा सोच्न र सम्झिन थाँले । मैले हङकङमा मेरो छिमेकको कफीसप मिस गरिरहेकी थिएँ । मैले आज आफैं कफी बनाएँ । आफूले आफैंलाई सान्त्वना दिएँ ।

सातौ दिनको दिउँसो मैले मेरो कोठाको बाहिर पट्टी हल्ला सुनेँ । के को हल्ला रहेछ भन्ने मनमा जिज्ञासा भयो । मास्क लगाएर कोठा बाहिर निस्केँ । मेरा छिमेकी कोठामा मानिस आआफ्नो कोठाको ढोकानेर उभिएर एकआपसका कुरा पो गर्दै रहेछन् । मैले उनीहरूको कुरा सुनेँ । चर्चाका बिषय होटलका सुविधा र क्यारेन्टिनका नियमहरू थिए ।

आठौं दिन । म सधैझैं कोठबाटै आफ्नो काम गरिरहेकी थिएँ । कोठामा वाइफाई सिंग्नल राम्रोसँग आउँथ्यो। तर आज ५ बजेतिर मेरो कोठाको इन्टरनेट कनेक्सन एकाएक गायब भयो । होटल रिसेप्सनले भन्यो कि भोली बिहानसम्म इन्टरनेट नआउन सक्छ किनकी यस सम्बन्धी सेवा हेर्ने कर्मचारी अहिले ड्युटीमा छैनन् ।

क्यारेन्टिन बसको दोस्रो दिन नै मैले आफ्नो मोबाइल डाटा सिध्याइसकेकी थिएँ । अब मेरो काम कि त टिभी हेर्नु कि त कोठामा ढोकादेखि झ्यालसम्म टहलिनु थियो ।

नवौं दिन मैले मेरी आमाको म्यासेज पाएँ । मलाई आज खाना अर्डर नगर्नु भनिएको थियो । आमाले मेरा लागि अनेक चिज बनाउने वाला हुनुहुन्थ्यो । ९ दिनपछि मैले घरको खाना खान पाउँदै थिएँ । ९ दिनको बन्द कोठाको जीवनले मलाई धेरै खाने र थोरै क्रियाशील हुने बनाएको थियो ।

दशौं दिन । मलाई लाग्यो क्यारिन्टिनमा बढेको मेरो तौल यही घटाउनु पर्छ । त्यसपछि म खाना खाएर दिनको डेढ घण्टासम्म नाँच्ने गर्न थालेँ । मैले इन्टरनेटबाट नाँच्न सिकाउने एउटा कार्यक्रम डाउनलोड गरेकी थिए ।

एघारौं दिन मलाई सामाजिक अलगावको जीवनको एक भिन्नै मज्जा र आनन्द अनुभूति भयो । मैले आफ्नो जीवनबारे पुनर्विचार गर्ने, पुनर्संगठनको योजना बनाउने, ध्यान र पुनर्ऊर्जा गर्ने पर्याप्त समय पाएँ । मलाई मेरो मष्तिष्क निक्कै हल्का, चनाखो र ताजा भएको अनुभूति भयो ।

बाह्रौं दिन म मेरा स्कुले साथीहरूले पठाएका फोटाहरू हेर्दै ब्युझिएँ । ति फोटो हाम्री एक मिल्ने साथीको बिहेसँग सम्बन्धित थिए । यो कार्यक्रम मेरो होटल भन्दा एक, डेढ घण्टा दुरीमा आजै हुँदै थियो । मैले ह्वाट्एपमा बिहेको लाइभ हेरेँ । आजको दिन निक्कै महान रह्यो ।

तेह्रौं दिन मलाई लाग्यो कि अब म स्वतन्त्रताको नजिक आइपुगेँ । मलाई एक प्रकारको उत्तेजना अनुभूत हुँदै थियो । मैले ढोका नजिक गएर तापक्रम नाप्ने कामदार पर्खेर बसेँ । मैले सोचेँ कि भोलि मेरो क्वारेन्टिन समय सकिन्छ । तर, हैन रहेछ । पहिलो दिनलाई १४ दिनभित्र गणना गरिँदो रहेनछ ।

चौधौं दिन १०:३० बजे मेरो स्वाब लिइयो । स्वास्थ्यकर्मीले मलाई भने कि यही स्वाब जाँच नेगेटिभ आयो भने भोलि दिउँसोतिर म होटल छोड्न सक्छु । मैले आफ्ना सामानतामान झोलामा मिलाएर राखेँ । अन्तिम रातमा एक भव्य डिनर अर्डर गरेँ ।

पन्ध्रौं दिन बिहान म ९ बजे उठेँ । कोभिड जाँचको परिणाम मेरो स्वास्थ्य प्रणालीको अभिलेखमा आइसकेको थियो । १०:३० बजेतिर होटल कामदारले मलाई होटलको छैटौं तलाबाट चेक आउट हुन भन्यो ।

दुई हप्तापछि मलाई पहिलोपटक बाहिरिन दिइएको थियो । होटल भवनमा ३ वटा लिफ्ट थिए । पहिलो होटल कर्मचारीका लागि मात्र थियो । दोस्रो स्वास्थ्यकर्मीहरूका लागि मात्र थियो । तेस्रो क्यारेन्टिन बस्ने यात्रीहरूले प्रयोग गर्नु पर्थ्यो ।

लिफ्टबाट म छैटौं तलामा पुगेँ । त्यहाँ मैले आफ्ना क्यारेन्टिन बिल तिर्नुपर्ने रहेछ । ह्वाट्सएपबाट मैले २७०० युवान तिरे । १४ रातको सुताइ र प्रतिदिन ३ पटकको खानाका लागि जम्मा ४१७ युएस डलर । होटलका कर्मचारीले मलाई कोभिड–१९ नेगेटिभ र १४ दिन क्यारिन्टिन पुरा गरेको प्रमाणपत्र प्रिन्ट गरेर दिए ।

अब म त्यहाँबाट मुक्त भएर सामान्य र स्वतन्त्र जीवनमा फर्किन पाएँ ।

साउथ चाइना मोर्निङ पोष्टबाट ।

Cover Photo Illustrations by

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay