scheduleबिहिवारफाल्गुन २० गते, २०७७

सर्वोच्चबाट बृहत पूर्ण इजलासको माग अस्वीकार (आदेशसहित)

काठमाडौं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासबाटै हुने भएको छ । वृहत पूर्ण इजलासबाट हुनुपर्ने मागलाई संवैधानिक इजलासले अस्वीकार गरेको छ ।

यो आदेशसँगै संसद विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासबाटै हुने भएको छ ।

माघ ४ गतेबाटै यो मुद्दाको निरन्तर सुनुवाइ हुनेगरी सर्वोच्चले आदेश दिएको हो ।

शुक्रबारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो । यसअघि रिट निवेदकहरुले यो संसद विघटनको रिटलाई वृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए । अहिलेसम्मको बहस वृहत पूर्ण इजलास कि संवैधानिक इजलास भन्नेमै केन्द्रित थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay